कही-अनकही
काठमाडौं ।
बागमती प्रदेश सरकारका पूर्वआन्तरिक मामिला तथा कानुन मन्त्री डा अजयक्रान्ति शाक्यद्वारा लिखित नेपालभाषाको सायरी संग्रह ‘जि मैन थें नायाच्वना (म मैन झैं पग्लिरहेँ)’ विमोचन भएको छ । शाक्यको सायरी संग्रह विमोचन अघि नेपालभाषाका ११ कविहरूले कविता वाचन गरेका थिए । नेपालभाषा, नेपाली लगायत नेपालमा बोलिने विभिन्न मातृभाषा र संस्कृतिको अध्ययन अनुसन्धान गर्ने उद्देश्यले तीन वर्ष अघि स्थापना भएको ‘नेपालमण्डल लिट्रेचर कल्चर ट्रष्ट’ नामक संस्थाद्वारा कविता वाचनसँगै शाक्यको सायरी संग्रहको विमोचन कार्यक्रमको आयोजना गरेको थियो ।
ट्रष्टका अध्यक्ष श्याम स्मृतिले नेपाल संवत ११४४ नयाँ वर्षको अवसरमा शुभकामना आदान प्रदान तथा नेपालभाषामा आयामिक कविता बाचनसँगै पुस्तक विमोचन कार्यक्रमको आयोजना गरेको जानकारी दिए । कार्यक्रम अलिक फरक ढंगले सुरुवात गरिएको थियो नेपालभाषाका सर्वाधिक सम्मानित ८८को वय कटिसकेका जनकवि दुर्गालाल श्रेष्ठले मञ्चमा गएर आफ्नो चिरपरिचित शैलीमा जोशिलो कविता वाचन गरेपछि कार्यक्रम आरम्भ भएको थियो ।
कार्यक्रमको आरम्भ श्रेष्ठले आफ्नो जोसिलो कविताबाट सुरुवात गेपछि काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल, पेशाले चिकित्सक रहेकी शिक्षण अस्पतालकी कार्डियोलोजिष्ट डा स्मृति शाक्यलगायतले पनि मञ्चबाट पहिलो पटक नेपाल भाषामा पहिलो कविता बाचन गरेका थिए । काठमाडौं महानगरपालिकाका उपमेयर डंगोलले परिचित मुस्कानसहित काठमाडौंको भविष्य र त्योसँग जोडिएको आफ्नो सपनाको कविता सुनाइन् । उनले कवितामार्फत मञ्जुश्रीदेखि यहाँका कला, संस्कृति, सम्पदा र भोलिको काठमाडौंको परिकल्पनामा आधारित कविताले स्रोतालाई मुग्ध बनाएको थियो ।
