• २०८१ कातिर्क २४ शनिवार

प्रथम अनेसास दिवसमा लव गाउँले र दुर्गा खरेल सम्मानित

नेपाली भाषा र साहित्यलाई अन्तर्राष्ट्रिय जगत्मा पुरयाउने उद्देश्यले सन् १९९६ मा अन्तरास्ट्रिय नेपाली साहित्य समाज स्थापना गरिएको थियो । यसै वर्षदेखि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अर्थात् अनेसासले ११ जनवरीलाई अनेसास स्थापना दिवस मनाउने निर्णय बमोजिम अनेसास नेपाल च्याप्टरले सो दिवसको आयोजना गर्यो ।

सो दिवसमा अनेसास नेपाल च्याप्टरका प्रथम अध्यक्ष लव गाउँलेलाई सम्मान गर्यो । कार्यक्रमका प्रमुख अतिथि कवि तुलसी दिवसले गाउँलेलाई सम्मान प्रदान गर्नु भएको सोही अवसरमा नेपाल भ्रमणमा आउनु भएका दार्जिलिङका लोकप्रिय गायक बद्री दुर्गा खरेललाई पनि प्रमुख अतिथि कवि दिवसले सम्मान प्रदान गर्नु भएको थियो ।

स्मरणीय छ, अनेसासको स्थापनाअघि लव गाउँले अमेरिकामा अध्ययन भ्रमणको सिलसिलामा हुनुहुन्थ्यो र अनेसासका प्रथम केन्द्रिय अध्यक्ष होमनाथ सुवेदी र वहाँले यो संस्था स्थापनाको विषयमा छलफल गर्नु भएको थियो । अमेरिकामा अनेसास स्थापना हुँदाताका नै लव गाउँलेले नेपाल च्याप्टर स्थापना गरी थिए र निकै लामो समय नेतृत्वमा रहनुभएको थियो । वहाँ अध्यक्ष भएकै बेला अनेसासको मुखपत्रको नेपाल विशेषाङ्क नेपालबाट प्रकाशन भएको थियो र विशेषाङ्क भव्य रुपमा विमोचन गरिएको थियो ।

अनेसास नेपालले आयोजना गरेको कार्यक्रममा सम्मान अर्पण, कविता वाचन तथा दीप प्रज्ज्वलन गरी केक पनि काटिएको थियो। सामुहिक स्वरमा अनेसासलाई जन्मदिवसको शुभकामाना भनिएको थियो ।

बिओटी केन्द्रका अध्यक्ष पदम विश्वकर्माको शुभकामना संदेश पढेर सुनाइएको थियो। कार्यक्रममा अनेसास केन्द्रका उपाध्यक्ष डा रेणुका सोलु तथा अनेसास केन्द्रका महासचिव बिमला निरौलाको उपस्थित थियो । सम्मानित स्रस्टा का विषयमा राधेश्याम लेकाली र महेश पौडेलले बोनु भएको थियो। यसैगरी कार्यक्रममा अमेरिकाबाट आउनु भएका अनेसासका सुरेश कुमार भट्ट, साहित्यकार हिरण्य कुमारी पाठक, कमला वली, सुमन वर्षा, मंजिला अनिल, कमला रिसाल, शान्ती रिसाल, समिना खनाल, पवित्रा अधिकारी, निर्मल पराजुली, द्वारिका कुइकेल, डा शान्तिमाया गिरी, सुशिला खड्का हसिना, लगायतका नेपाल साहित्यकारको उपस्थिती रहेको थियो । कार्यक्रमको अध्यक्षता अनेसास नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र के।सीले गर्नु भएको थियो । कार्यक्रमको संचालन रन्जना निरौलाले गर्नुभएको थियो ।