समाचार
काठमाडौं ।
प्रा. डा. विद्यानाथ कोइरालाद्वारा लिखित पुस्तक ‘शिक्षामा बेलाको बोली’ प्रकाशनमा आएको छ । शिखा बुक्सद्वारा प्रकाशित यस पुस्तकले जनस्तरको सोच, प्राज्ञिक सोच, प्रज्ञावानले देखेका सोच दिएको बताइएको छ ।
तिनको अन्तरसम्बन्ध देखाएको छ । मानसिक सम्बन्ध, चेतन वा उर्जीय सम्बन्ध पनि यस पुस्तकले देखाएको छ । यसै क्रममा आएका दर्शन तथा सिद्धान्तको चर्चा पनि गरिएको शिखा बुक्सले उल्लेख गरेको छ । प्रा. डा. कोइरालाका अनुसार पुस्तकमा स्वाद खोज्नेले अनेकन स्वाद पाउँछन् । यस अर्थमा बहु स्वाद, गहिराइ बुझ्नेले बहु ज्ञान पाउँछन् । यस अर्थमा पुस्तक बहु उमेरको खजाना बनेको छ । शिखा बुक्सले प्रकाशन गरेको पुस्तकको मूल्य रु. ९९५ रहेको छ ।
