म लेखिरहन्छु तब सम्म
जब सम्म मलाई लाग्छ कि
केवल म लेखिरहेछु
मैले लेख्नु भन्दा केहि अक्षरहरू
केहिलाई देखाइ दिएको भए
सायद मैले अझ बढि लेख्थे होला ।
टाढा हुनु र टाढाको नदेख्नु उस्तै भै दिने भए
लेख्नु र लेखिएर राखिनु उस्तै भैदिने भए
मैले लेख्ने कोसिस गर्दागर्दै नलेखेझैं भै दिनुमा
म कसैसंग गुनासो गर्दिनँ ।
एक जिन्दगी पाएकोमा खुशी भइदिँदा म भित्र
त्यो मन दिएर खुशी हुनु र खुशी हुन खोज्नु बीच
निकै दुरि बढाइदिनु भयो,
कलम दिएर पनि अक्षर नभए जस्तो
जिन्दगी दिएर पनि जिन्दगी नपाए जस्तै
एक खाली पानामा कोरिएको खाली चित्रले वर्णन
गरिरहेको छ ‘म’लाई ।
लोक जोशी
[email protected]