• २०८१ चैत ३ सोमबार

गजल

अप्सरा आचार्य

अप्सरा आचार्य

सपनिमा देख्छु तिमी, बिपनिमा मात लाग्छ
समिपमा नआऊ प्रिय बिनाकारण बात लाग्छ

लजालु ती मुस्कानले लोभ्याउछ मेरो यो मन
थाहै नपाई मुटुभरि तिम्रै रुपको खात लाग्छ

दोमन हुन्छ कहिलेकाही बोलु की म न बोलु
तर्किएर हिडौ भने फेरि आफैसंग घात लाग्छ

बसन्तको ऋतु जस्तै मेरो मनभरि तिमी छायौ
तिमी बिना किन हो किन फुल पनि पात लाग्छ

टाढा टाढा नजाऊ प्रिय अब मेरो नजरबाट
तिमीलाई नदेख्दा त दिन पनि रात लाग्छ ।।


अप्सरा आचार्य, ललितपुर