• २०८२ असार २४ मङ्गलबार

दुई स्रष्टाका पाँच कृति एकै साथ सार्वजनिक

लुभु, ललितपुर २०८० पुस ।

महालक्ष्मी साहित्य समाज, लुभुको आयोजनामा दुईसाहित्यकारहरूका पाँच कृति एकसाथ सार्वजनिक गरिएका छन् । समाजका अध्यक्ष श्रीराम पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि माननीय शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिलाकुमारीले पानसमा बत्ती बाली कार्यक्रमको उद्घाटन गर्दै कृति लोकार्पण गर्नुभएको थियो ।

उहाँले मन्तव्यका क्रममा साहित्यले समाजलाई मार्गनिर्देश गर्ने भएकाले यसको भूमिका महत्त्वपूर्ण रहने बताउनुभयो । संस्थाका सचिव वासु गौतमले सञ्चालन गर्नुभएको सो कार्यक्रममा वरिष्ठ साहित्यकार भक्तबहादुर नेपालीद्वारा लिखित पारू उपन्यास, जन्मभूमिको सम्झना खण्डकाव्य, आफ्नै कथा आफ्नै व्यथा खण्डकाव्य र हाम्रो वर्तमान वर्तमान खण्डकाव्य तथा अर्का लेखक आनन्दलाल श्रेष्ठद्वारा लिखित बाटो विपरीतको नाटक लोकार्पित भएका हुन् ।

लोकार्पित कृति बारेमा साहित्यकार जीवनाथ अधिकारी, प्रा. डा. जीवेन्द्रदेव गिरी, साहित्यकार डा बालचन्द्र मिश्र, साहित्यकार नरनाथ लुइँटेल तथ कलाकार सुशील पोखरेलले समीक्षा गर्नुभएको थियो । महालक्ष्मी नगरपालिका वडा नं ८ र ९ का वडा अध्यक्षहरूले समेत शुभकामना दिइएको उक्त कार्यक्रममा कृतिकार भक्तबहादुर नेपालीले लेखकका समस्या उजागर गर्दै आफ्नो लेखनयात्राका बारेका जानकारी गराउनुभयो ।

सभापतिका आसनबाट श्रीराम पौडेलले महालक्ष्मी साहित्य समाजका गतिविधिबारे जानकारी गराउँदै उपस्थित सबैलाई धन्यवाद ज्ञापनका साथ कार्यक्रम समापन गर्नुभएको थियो । कार्यक्रम लुभु तल्लो दोभान खानेपानी आयोजनाको सभाहल, देवीस्थान, लुभुमा सम्पन्न भएको थियो ।