• २०८१ चैत ७ शुक्रबार

खासै नोक्सान हुन्न !

धनराज गिरी

धनराज गिरी

माया गर मलाई पनि, छुन्न बचत खाता
मेरो लागि मेहरबान उपरवाले दाता !

सम्झिएमा कैले कैले, खासै नोक्सान हुन्न
यही सास चलुन्जेल तिम्रो मेरो नाता !

असल होइन, होइन असल, छैन मेरो दाबी
तर खराब पायौ भने कसे हुन्छ पाता !

अलि अलि दीवानगी चल्छ, शायर जो हूँ !
यसैले त माया गर्छन्, फूलहरू राता !

मेरो पनि बिस्तरा त यही धरती हो
मैले पनि बनाएको गगनलाई छाता !

अरे साथी, फित्ता बोकी आऊ मेरो घरमा
नापी हेर, सक्छौ भने, हृदयको हाता

लक्ष्मी मेरी आफ्नै छोरी आरजू भो पूरा
वरदान दिने मलाई सरस्वती माता !

हेर्दा हेर्दै एक गरीब, भयो “धनराज !“
जब्बर ग्रन्थ यो जिन्दगी, च्यातिदैन गाता !

छन्दपुरमा डेरा मेरो गजलगन्जमा घर !!
नियात्राको कर्णालीमा बित्यो एक साता !


धनराजगिरी
[email protected]