समाचार

आन्दोलनकर्ता जुत्ताहरूकै ढाडमा टेकेर
बने नयाँ जमानाका नयाँ जुत्ताहरू
नयाँ समयको रमिते बनेर
बसे केही नयाँ जुत्ता पुरानै जुत्तासंग ।
सुलीको शिरमा पुगेका नयाँ जुत्ताहरू
मान्छेकै बुद्धि सिको गर्न अभ्यस्त भए ।
यद्यपि नयाँ जुत्ताले
चिन्ता गरिरहन छाडेनन् पुराना जुत्ताको
मुस्कुराहट हराए पनि मुहारको
अट्टहास हाँसिरहे जबरजस्ती
काउकुती लगाएर आफैँलाई ।
धुन एकातिर गीत अर्कोतिर
काग भजन गाइरहे
भत्काउँदै जुत्ताहरूको साझा सपना ।
जुन माटोमा उनीहरू बनेथे
टकटकाउन पाए पुग्यो त्यही माटो
शहरको चिल्लो सडकअगाडि
बसिरहे दृष्टिविहीन बनेर
धृतराष्ट जस्तै कुर्सीमा पुगेपछि
नया जुत्ताहरू ।
जीवन आचार्य निश्चल, बागमती नगरपालिका ११-कर्मैया, सर्लाही