• २०८२ बैशाख १४ आइतबार

नहकुल जोशीको ‘नाजवाफ’ उपन्यास सार्वजनिक

धनगढी ।

बाजुराका पत्रकार नहकुल जोशीले खस भाषा समेटेर प्रकाशन गरेको पहिलो उपन्यास नाजवाफ आइतबार एक कार्यक्रममा सार्वजनिक गरेका छन्।् । सुदूरपश्चिमको राजधानी धनगढीमा आयोजित समारोहमा उक्त पुस्तकको विमोचन प्रदेश प्रमुख देवराज जोशीले गरेका हुन् । विगत लामो समयदेखि पत्रकारितामा कलम चलाउँदै आएका जोशी हाल शिक्षण पेसामा आबद्ध छन् । यो उनको पहिलो कृति हो ।

कर्णाली क्षेत्र र सुदूरपशिचम क्षेत्रलाई समेटिएको यो उपन्यासमा मुख्य रूपमा राज्यव्यवस्था परिवर्तनका निम्ति तत्कालीन खस साम्राज्यको योगदान र उपलब्धिमा आधारित रही यहाँका समस्या, कुप्रथा, विकास निर्माण र जनजीवनबारे चित्रण गरिएको बताइएको छ । जनताको जीवनस्तर र व्यवस्था परिवर्तननका निम्ति खस साम्राज्यको योगदान प्रसस्तै भए पनि विकास निर्माण र मानिसको जीवनस्तर फेरिने कुरामा राज्यको ध्यान नगएकोतर्फ उपन्यासले इंगित गरेको छ ।