समाचार

झापार पूर्वका मोतीराम भनेर प्रख्यात नेपाली साहित्यका अथक र दीर्घसेवी साहित्यकार चूणामणि रेग्मीको नाममा स्थापित चूणामणि रेग्मी झर्रो शैली सम्मान यस पटक बरिष्ठ कवि राजेश ढुंगानालाई प्रदान गरिने भएको छ ।
यो साहित्यिक सम्मान तथा पुरस्कार पूर्वकै सर्वाधिक सम्मानित साहित्यिक सम्मान र पुरस्कार मानिन्छ । विगत साढे चार दशकदेखि कविता लेखनमा सक्रिय ढ्ुंगानाका सयौँ फुटकर कविता प्रकाशित छन् भनें एउटा कविता संग्रह ‘सुकिला मान्छेको सामूहिक मृत्यु’ प्रकाशित छ ।
यो सम्मानमा रु. २५ हजारको नगद राशीको पुरस्कार समेत रहने छ र सम्मान तथा पुरस्कार २६ पुष २०८० मा लेखनाथ पुस्तकालय झापामा हुने एक विशेष समारोहविच प्रदान गरिनेछ । सम्मानित तथा पुरस्कृत कवि ढुंगाना विगत साढे चार दशकदेखि निरन्तर नेपाली पत्रकारिताका क्षेत्रमा समेत सक्रिय छन ।
पत्रकारिता, साहित्य लेखन बाहेक ढुंगाना २०३५–३६ को ऐतिहासिक छात्र आन्दोलन देखिनै नेपाली प्रजातान्त्रिक आन्दोलनमा अनवरत रुपले संलग्न रहदै आएका छन ।