• २०८१ माघ ५ शनिवार

रञ्जना निरौलाको निबन्धसंग्रह ‘अनुभूतिको अवतरण’ लोकार्पण

काठमाडौं, १४, साउन ।

कवि तथा निवन्धकार रञ्जना निरौलाको नवीन निबन्धसंग्रह ‘अनूभुतिको अवतरण’ लोकार्पण भएको छ । डा. वासुदेव त्रिपाठी, डा. ज्ञानु पाण्डे, डा. सावित्री मल्ल कक्षपती, डा. रामप्रसाद ज्ञावली, स्रष्टाकी आमा यमुना निरौला, पुष्पराज पौडेल, ऋषभदेव घिमिरे तथा स्रष्टाद्वारा निबन्धसंग्रहको सामुहिक लोकार्पण गरिएको थियो ।

शिखाबुक्स र राष्टिका साहित्य प्रतिष्ठानको आयोजनामा नेपाल प्रज्ञाप्रतिष्ठानमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि डा. वासुदेव त्रिपाठी रहनु भएको थियो । डा. ज्ञानु पाण्डे, डा. रामप्रसाद ज्ञावली र डा. सावित्री मल्ल कक्षपतिले कृतिमाथी समीक्षा गनुभएको थियो भने राष्ट्रिका साहित्य प्रतिष्ठानका अध्यक्ष ऋषभदेव धिमिरेले स्वागत मन्तव्य दिनु भएको थियो ।

लोकार्पण कार्यक्रममा निरौलाको निबन्धसंग्रहबारे बोल्दै डा. वासुदेव त्रिपाठीले देवकोटाले दिएको निबन्धको उचाइसम्म पुग्न कोही पनि सकेका छैनन् । ‘अनुभूतिको अवतरण’ निबन्ध जगतमा शुभसंकेत हो । प्रत्येक अनुच्छेदका अन्त्य सुक्तिमय भएर टुगिएका छन् । चालिस वर्ष पाठ्यक्रम निर्माणका क्रममा बसेँ थुप्रै निबन्धसंग्रह हेर्दा दुइटा शुक्ति भेटिन पनि गाह्रो हुन्थ्यो यो निबन्धसंग्रह शुक्तिमय छ । हरेक अनुच्छेदमा शुक्ति भेटिन्छ । वहाँले भन्नु भयो कविताबाट प्रारम्भ भएको निबन्धभित्र बिचार, छ स्वैर कल्पना नभएको कथा छ, यथार्थ छ, दर्शन छ ।

यसै गरी समीक्षक डा. ज्ञानु पाण्डेले दर्शन विचार र यथार्थको कलात्मक संगम निबन्धमा रहेको बताउनु भयो । वक्ता डा. रामप्रसाद ज्ञावलीले सौन्दर्य प्रधान, दर्शन र आध्यात्मको त्रिवेणीमा परिपक्व अनुभूतिका अभिव्यक्ति निबन्धमा रहेको बताउनु भयो । वक्ता डा. सावित्री मल्ल कक्षपतीले निबन्धहरु यथार्थपरक रहेको कुरा व्यक्तगर्नु भएको थियो । साहित्यकार सुमन वर्षाद्वारा संचालित कार्यक्रम शिखाबुक्सका पुष्पराज पौडेलको सभापतित्वमा भएको थियो । शिखाबुक्सले प्रकाशन गरेको पुस्तकको मूल्य रु. ३५०/– रहेको छ ।