समाचार

काठमाडौं ।
भागवत खनालको कथासंग्रह ‘बाबा मेरो पीआर आयो’को सार्वजनिक गरिएको छ । शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा साहित्यकार अभय श्रेष्ठ सहित डा. कपिल उपाध्याय,लेखक खनाल,प्रकाशक बिनिता खनाल, कल्पना अधिकारी र सिर्जना तिवारीले २४ कथाहरुको संगालो उक्त पुस्तक सार्वजनिक गरेका थिए ।
तीन दशक लामो निजामती सेवामा बिताएर सहसचिवबाट अवकास पाएपछि खनालले सामाजिक र ऐतिहासिक विषय समेटेर कथाको संगालो ल्याएका हुन् ।