१
चिसोमा साथी
रुइ, फुइ र दुइ
जे रोजे पनि ।
२
हिऊँद लाग्यो
सधैं झैँ यसै गरि
चिसो बढछ ।
३
आकाश हेर्यो
नौ लाख तारा छन
मन अध्यारो ।
४
एउटा कुरा
भन्नै पर्ने थियो रे
भन्नै बिर्सियो ।
५
आकाश पनि
बिभाजित हुन्छ रे
मन फाटेमा ।
६
पत्थर टुट्यो
दील टुटे झैं गरि
जोडिन्न अब ।
७
आकासे फल
आखा तरि मर्नु रे
खान मिल्दैन ।
८
उमेर लाई
रोक्ने क्षमता छैन
चन्चल मन ।
९
तातो मन् तातो
अनि बेसार पानी
भाग्नेछ सर्दी ।
१०
मन मनै हो
मनको कुरा लाई
बाध्नु हुदैन ।
११
के के गर्दैछ
दिमाग खराव छ
सायद उस्को ।
१२
घाम अस्ताए
रुइ,फुइ र दुइ
चाहिने भयो ।
१३
कति सम्झने
छोडी जाने निष्ठुरी
ढुङ्गाको मन ।
कैलासकुमार पाण्डेय
परशुराम ११ उनरुवा, डडेल्धुरा