• २०८० मंसिर २० बुधबार

भारती गौतमलाई ‘उत्तमशान्ति पुरस्कार’

काठमाडौँ/ १३ चैत २०७८

भारती गौतमद्वारा लिखित संस्मरणात्मक कृति ‘विगत र बाडुली’ लाई २०७७ सालको ‘उत्तमशान्ति पुरस्कार’ प्रदान गरिएको छ । कोविड- १९ का कारण रोकिएको उक्त पुरस्कार शनिवार प्रदान गरिएको हो ।

२०७८ को पुरस्कार भने आउँदो जेठ १२ गते प्रदान गरिने घोषणा आयोजक गुठीले गरेको छ ।

‘विगत र बाडुली’ मा लेखक गौतमले कतिपय निजात्मक अनुभूतिलाई विचार, कला र संवेदनामार्फत समकालीन समाज र त्यसभित्रका मानवीय सम्बन्धका अनेक आयामहरूको चर्चा गरेकी छन् । सरल भाषा मार्फत जीवन- जगतका जटिल कुराहरूलाई अभिव्यक्त गर्न सफल भएवापत लेखक गौतमलाई २०७७ सालको ‘उत्तमशान्ति पुरस्कार’ प्रदान गरिएको गुठीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।