English Poem
 
								 
							धनकुटा ।
महाकवि देवकोटाको जन्मजयन्तीको अवसरमा आइतबार धनकुटामा पुस्तक बौद्धिक दर्पण सार्वजनिक गरिएको छ । पत्रकार तथा बुद्धिजीवी परिषद्का केन्द्रीय सचिव यज्ञ शर्मा, परिषद् कोशी प्रदेशका अध्यक्ष प्रा. डा. अर्जुनकुमार बराल, पूर्वसांसद गोपाल गुरागाईं, प्रदेश सांसद इन्द्रमणि पराजुली, निरन राई तथा जिल्ला समन्वय समितिका उपप्रमुख सावित्रा राईले पुस्तक विमोचन गरे ।
परिषद्ले बौद्धिक दर्पणको दोस्रो संस्करण प्रकाशन गरेको जिल्ला अध्यक्ष डा. यज्ञप्रसाद गुरागाईंले जानकारी दिए । १ सय ३६ पृष्ठ रहेको पुस्तकमा १७ वटा सामग्री समेटिएको छ । पुस्तकको आवरण चित्रकार उमेशचन्द्र अधिकारीले तयार गरेका हुन् ।

 
								 
								 
								