• २०८१ फागुन ६ मङ्गलबार

बाटो र खाडल

कैलासकुमार पाण्डेय

कैलासकुमार पाण्डेय

मैले बाटो खने र देश हिडने भयो
उसले खाडल खन्यो
र, आफै खाडलमा पर्यो ।

मिहिनेत परिश्रम दुवैको बराबरी थियो
लागत बराबरी थियो
परिणाम फरक थियो
मिहिनेत परिश्रममा आग्रह थियो
बिचार ब्यवहारमा पूर्वाग्रह थियो
लागतमा प्रतिशोध थियो ।
खाडल खन्दै गर्दा
मनमा पालेको हुन्थ्यो–
ईर्ष्या, द्वेष, कुण्ठा…..
प्रतिशोधको ज्वाला दन्किने क्षणमा हुन्थ्यो
खाडलमा उन्नति,समृद्धि, बिकास खोज्थ्यो ।

ऊ कुरुप देख्थ्यो बाटोलाई
बाटोले गन्तव्यमा पुरयाउछ भन्ने बिर्सेको थियो
यथास्थितिबादी,प्रतिक्रियावादी
एकै खाडलमा पुर्छु भन्थ्यो
सम्याउन थाल्यो खाडलको पिंधलाई
खाडलको समय आयो रे थपिए पनि
एक समय यस्तो आयो
खाडलको औचित्य समाप्त भयो
अनि पुर्न लाग्यो एकाएक
खाडल पुर्दै जादा चुनौतीको पहाड खडा भयो
चुनौती फलामको च्युरा सरी भयो।

यता बाटो भने स्तरोन्नति भयो
बाटोमा अवसर थपिए
प्रसस्त संभावना भेटिए
उन्नति,समृद्धि,बिकासको बाटोले
नया गन्तव्य पहिल्यायो ।
अन्तर कुन्तरमा खाडल माथिको
बिश्वास जीवन्त देखिन्छ
सडेगलेका झारपात जुर्मुराउन खोज्छन
जस्तोसुकै बिषम मोल्न पनि
खाडलका लागि तयार छन ।

अन्ततः खाडल प्रतिशोधको प्रतीक हो
प्रतिशोधले कसैको भलो गर्दैन
प्रतिशोधको अग्निले स्वयंलाई डढाउछ
बाटो सृजनाको प्रतीक हो
बिकासको पूर्वाधार हो
गन्तव्यमा पुरयाउछ ।

मैले बाटो खने र देश हिडने भयो
उसले खाड खन्यो
र,आफै खाडलमा प¥यो ।


कैलासकुमार पाण्डेय
परशुराम १२ उनरुवा,डडेल्धुरा