समाचार

एक पात्र, हेर्दा नै सरल, सज्जन लाग्ने, बसमा चढे कतै जान भनेर,नारायणपुरबाट । बसमा यात्रीहरू कम थिए । सीटहरू खाली थिए । उसले यसो गफ गर्न मिल्ने साथी खोज्यो,अनुहार पढेर । देवीहरू पनि थिए । लजायो । विपरीत लिङ्गीप्रति मनभित्र अनुराग भए पनि अमल गर्ने हिम्मत भएन । “केही नमीठो भनेमा बेकारमा चित्त दुख्छ !“ यस्तो सोच्यो र एक भद्रजस्तो देखिने पात्रसित बस्न खोज्यो । “हजुरको परिचय ?“ एक्कासी यसो भन्न पुग्यो ।“ म दौलतपुरबाट शक्तिगन्ज हुँदै रूपनगर पुग्दैछु । मेरो नाम “ राजनीति “ हो । नाम सुन्ने बितिक्कै अनुहार बिगारेर पछिल्लो सीटमा गयो । केही पनि भनेन ।
–––
सात घन्टापछि,राजनीतिको रूपनगर आयो । बस रोकियो । उसलाई त्यो सहयात्रीको रवैया, हर्कत, मनपरेको थिएन । खसखस डट कम शान्त बनाउन ओर्लिनु अघि उसको नजिक गयो र नम्र भएर सोध्यो,“ हजुरले किन मेरो नाम सुन्ने बित्तिक्कै अनुहार बिगारेर यता आउनुभयो? हजुरको परिचय ?“ “माफ गर्नुहोला, हाम्रो कुरा मिल्दैन, आस्तिक र नास्तिक जस्तै हो, मिल्दैन । बहरे र आजादे बाबु त्रिपाठीहरू र घनेन्द्र ओझाहरू जस्तै हो । मेरो नाम सुन्ने ?“
“ नाम भन्न पनि मिल्दैन कि ?“ राजनीति बोल्यो ।
“ मेरो नाम इमान्दारी हो !“
राजनीति टाप !!
धनराज गिरी