• २०८१ माघ २७ आइतबार

घोस्ट राइटिङ लघुकथा प्रतियोगिता : छानिए उत्कृष्ट ५० लघुकथा

‘घोस्ट राइटिङ लघुकथा प्रतियोगिता’अन्तर्गत उत्कृष्ट ५० लघुकथा छनौट गरिएको छ । चालिस शृङ्खलासम्म साहित्यपोस्टमा सञ्चालित लघुकथा प्रतियोगितामा विजयी बनेको १ सय १८ लघुकथाबाट उत्कृष्ट ५० लघुकथा छानिएका हुन् ।

साहित्यकारहरू ध्रुव मधिकर्मी, डा. विदुर चालेसे र डा. शेखककुमार श्रेष्ठ सम्मिलित तीन सदस्यीय प्रारम्भिक छनौट समितिले उक्त ५० लघुकथाहरूको छनौट गरेको हो । विषयवस्तु, कथा चेत, नवीनता र सामाजिक पक्षलगायत सबै किसिमले उत्कृष्ट ठहरिएका लघुकथाहरुलाई उत्कृष्ट ५० मा समेटिएको निर्णायकहरूले बताएका छन् ।

पहिलो चरणमा लघुकथा प्रतियोगिताको प्रत्येक शृङ्खलामा विजयी बनेका १ सय २८ लघुकथा तीन निर्णायकलाई जिम्मा लगाई उत्कृष्ट ५० को छनौट गरिएको प्रतियोगिताका प्रमुख निर्णायक श्रीओम श्रेष्ठ ‘रोदन’ले बताएका छन् । उनका अनुसार थप तीन जना लघुकथाका ज्ञाताहरूलाई उत्कृष्ट ५० लघुकथा जिम्मा लगाइने छ, र दोस्रो चरणमा उत्कृष्ट २५ लघुकथाहरूको सूची सार्वजनिक गरिने छ ।

त्यस्तै, उत्कृष्ट २५ लघुकथाबाट ‘वर्षका उत्कृष्ट १० लघुकथा’को छनौट गरिने छ, र उक्त १० लघुकथाबाट विशेष निर्णायक समितिले ‘वर्षका सर्वोत्कृष्ट तीन लघुकथा’को घोषणा गर्ने छ । ४० सातासम्म चलेकाे प्रतियोगितामा हरेक साता छानिएका उत्कृष्ट कथाहरूलाई सङ्ग्रहको रूप दिएर सर्वोत्कृष्ट तीनकाे घोषणासँगै ‘वर्षका उत्कृष्ट लघुकथा’ प्रकाशन गरिने साहित्यपोस्टका प्रधानसम्पादक अश्विनी काेइरालले जनाएका छन् । काेइराला भन्छन्, “प्रत्येक साता छानिएका उत्कृष्ट लघुकथाहरूलाई कृतिका रुपमा घोस्ट राइटिङ् प्रा. लि.ले प्रकाशन गर्नेछ । साथै, प्रत्येक साता छानिएका उत्कृष्ट लघुकथामध्येबाट पनि ‘वर्षका सर्वोत्कृष्ट तीन लघुकथा’का स्रष्टाहरूलाई क्रमशः नगद ३० हजार, २० हजार र १० हजारका साथमा १०–१० थान चर्चित आख्यानका कृतिहरू उपहार दिइनेछ ।”

यो लघुकथा प्रतियोगिताको प्रायोजन घोस्ट राइटिङ् नेपालले गरेको हो । साहित्यलाई व्यवसायिक बनाउने हेतुले सुरु भएको घोस्ट राइटिङ् प्रा.लिले हालसम्म दुई सय बढी पुस्तक प्रकाशन गरिसकेको छ । उक्त संस्थाले नेपाली साहित्य पढ्न चाहनेहरूका लागि सिर्जनात्मक कक्षाहरू पनि सञ्चालन गरिरहेको छ । लघुकथा प्रतियोगितामा छानिएका उत्कृष्ट ५० लघुकथा तथा स्रष्टाहरूकाे नामावली (शृङ्खला–क्रमअनुसार) यस प्रकार छन् –

१. यायावर – धवन्तरी मिश्र ‘कात्यायन’
२. मायाको रुख – लता केसी
३. जबाफी कारबाही – चोपनारायण बन्जाडे
४. कुमारित्वको मूल्य – राजु क्षत्री अपूरो
५. नवदुर्गा – दिव्य गिरी
६. बौद्धिक चोरी – मनीषकुमार शर्मा ‘समित’
७. न्याय – गणेशप्रसाद भट्टराई
८. सिंहदरबार – गणेश नेपाली
९. रङ – इन्दिरा गौतम
१०. अछुत – शुक्रराज कुँवर
११. लख्मनियाको दु:ख – लक्ष्मीप्रसाद पौडेल
१२. मेरो बैँस – रचना शर्मा
१३. उमङ्ग – ममता मृदुल
१४. सपना – पर्शुराम घिमिरे
१५. आकाशवाणी – राजेन्द्र शर्मा
१६. मान्छे मरेछ – अवतार ढकाल
१७. खुसी – किशन पौडेल
१८. खुसी – अनु विज्ञाति
१९. सरोगेट मदर – इन्दिरा चापागाईँ
२०. मनसुन – जीवन दाहाल
२१. कुरो अर्कै रहेछ – मित्र ‘उराठी’ गौतम
२२. छोटको दिदी – मञ्जु मञ्जुभाषिणी
२३. अनुदान – गीता तिवारी
२४. धान दिवस – तारा खतिवडा
२५. अनुमति – विणा नेम्कुल
२६. भण्डाफोर – नन्दलाल आचार्य
२७. सपथ – अङ्कुर चन्द
२८. अनुमति – शोभा पोखरेल
२९. स्थायित्व – रामदेव पाण्डे
३०. धर्म र संस्कार – आचार्य प्रभा
३१. देवता: एक खोज – हिरा लामा
३२. निडर – निर्मल बराल
३३. प्रतिप्रश्न – शुभ शर्मा
३४. साँढेको जुधाई – रामजी चौलागाईँ
३५. चुराट – रेणु अधिकारी ‘मौनता’
३६. आ–आफ्नो ठाउँ – हरि गोविन्द भोमी
३७. युवा सहभागिता – ढाकामोहन बराल
३८. खेल – वसन्त अनुभव
३९. सिद्धान्त – ज्ञानीराज मानन्धर
४०. आमाको सराप – टङ्कबहादुर आलेमगर
४१. म – प्रेम पुन मगर
४२. जुत्ता संवाद – नरेश अमात्य
४३. पापी – डा. अमर कार्की
४४. माछेस्तम्भ र स्थानीय सरकार – कृष्ण ढुङ्गेल
४५. संस्कृति – रामप्रसाद धिताल
४६. पूजा – दीप मङ्ग्राती ‘निरीह’
४७. बाआमाको बिहे – राम्जी रानाभाट
४८. जिन्दगीको क्यानभास – डा. टिकाराम पोखरेल
४९. सडकको निसाफ – हरि आत्रेय
५०. स्वतन्त्रता – विष्णु एस राई