समाचार

वरिष्ठ पत्रकार देवेन्द्र गौतमको प्रथम स्मृति दिवसका अवसरमा देवेन्द्र गौतम पत्रकारिता पुरस्कार २०८० वरिष्ठ साहित्यिक पत्रकार तथा लेखक रोचक घिमिरेलाई एक विशेष समारोहका बीच प्रदान गरिएको छ ।
करेन्ट मिडिया एण्ड रिसर्च सेण्टर प्रा.लि.द्वारा भक्तपुरको सूर्य विनायक बाराहीस्थानस्थित होटल भादगाउँमा आयोजित कार्यक्रममा नगद रू एक लाख सहितको पत्रकारिता पुरस्कारबाट घिमिरेलाई सम्मानित गरिएको हो ।
सोही अवसरमा भाषा साहित्यमा लामो समयदेखि योगदान पुर्याउँदै आएका गुणराज काफ्लेलाई पनि रू पचास हजारको साहित्य पुरस्कारबाट सम्मानित गरियो । सम्मानित व्यक्तित्व रोचक घिमिरे तथा वरिष्ठ पत्रकार देवेन्द्र गौतमका भाइ उपेन्द्र गौतमले स्वतन्त्र पत्रकारिताका पक्षधर देवेन्द्र गौतमले पत्रकारिता क्षेत्रमा पुर्याउनु भएको योगदानका बारे चर्चा गरिएको थियो ।
उक्त्त अवसरमा देवेन्द्र गौतम स्मृतिमा नामक पुस्तकको विमोचन गरिएको थियो । कार्यक्रममा देवेन्द्र गौतमकी धर्मपत्नी प्रदीपा गौतम तथा पुत्रद्वय एवम् परिवारका अन्य सदस्यहरूको सहभागिता रहेको थियो ।