• २०८२ आश्विन ७, मंगलवार

अतुल पोखरेलको तेजस्विनी सदन पुस्तक लोकार्पण

काठमाडौं ।

पूर्व प्रधानमन्त्री तथा वरिष्ठ लेखक लोकेन्द्रबहादुर चन्दद्वारा एक कार्यक्रमका बीच अतुल पोखरेलद्वारा लिखित उपन्यास तेजस्विनीसदनको लोकार्पण  भयो । नयाँ वानेश्वरको थापागाउँस्थित लेखन कुञ्जमा प्रमुख अतिथि चन्द तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति गङ्गाप्रसाद उप्रेतीलगायत अन्य साहित्यिक व्यक्तित्व तथा पत्रकारहरूको आतिथ्यमा सम्पन्न कार्यक्रममा लेखक अतुल पोखरेलको पहिलो कृति तेजस्विनी सदनको लोकार्पण सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि चन्दले अमेरिका जस्तो व्यस्त देशमा बसेर पनि फुर्सतको समय निकालेर आफ्नो भाषा र साहित्यको क्षेत्रमायोगदान पुर्याउन सफल लेखक अतुललाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा अन्य अतिथिहरू पूर्व कुलपति गङ्गाप्रसाद उप्रेती, प्रा. कविता दाहाल, धीरज बराल, सुमन कट्टेल लगायतले शुभकामनामन्तव्य व्यक्त गर्दै उपन्यासबारे संक्षिप्त समीक्षात्मक टिप्पणी गरेका थिए ।

लेखक अतुलका पिता बलरामप्रसाद पोखरेल जो स्वयम् लेखक हुन् उनले पनि अतुलका लेखनी तथा पुस्तकका बारेमा प्रकाश पारेका थिए । लेखक अतुल पोखरेलले आफ्नो लेखन यात्रा लघुकथाबाट शुरू भई उपन्याससम्म पुगेको बताउँदै अक्षर चिन्न सिकाउने आफ्नी माता रघरमा विभिन्न पत्र–पत्रिका र साहित्यिक पत्रिका ल्याएर साहित्यतर्फ लाग्न प्रेरित गर्ने आफ्ना पिताप्रति आभार प्रकट गरेका थिए ।