कविता–मारवाड़ी

यमराजले लोकमा
चित्र गुप्तको भेषमा
उभियो एउटा गोठालो
पाप र पुण्यमा पाना पल्टाइयो
तिमी को हौ भन्न प्रश्नमा
गोठालाले भनेछ
म पञ्चामृतले हुर्केको मान्छे
यमलोकमा लागेन डर ?
म जङ्गलको बस्तीमा पनि डराउदिन
गोठालो हुँ मसान घाटको सन्नाटामा कराउँदिन
म पाल्छु गाई
बेच्छु दुध दही
मेरो गुरू त्यही हो
मन्त्र धर्म यही हो
गोबर सोहोरे पनि
गहुँत फाले पनि
हीनता छैन मलााई
जे काम गरेपनि
मान्छे कडा रहेछ
यमराजको मनमा गडेछ
को हौ तिमी, कहाँ जन्मियौ ?
म कुनामा जन्मिए
दुनामा खाई
भीर पाखामा रमाए
दुध, दही र मोहीसँग ढिढो खाँदै
लेकमा गोठ बेसीमा खेत टाढाको स्कुलमा रमाउँदै
दुःख सुख हाँसो साट्दै
विश्वास, साहसर खुसी बाढ्दै
दुध, दही र पनिरको व्यापार गर्दै
देवकार्य पितृकार्यसम्म बेच्दै
बिताए जीवन
कमाइन पैसा
बेचिन इमान र भरोसा २
चित्रगुप्तले त फाइल हेरेछन् २
दुधमा पानी मिसाएको भेट्टाएछन्
दहीमा हालेको पाउडर देखेछन्
लौ भन तिमीलाई स्वर्ग
लैजाउ कि नर्क
मैले भने जहाँ राख्छौ
राख तिम्रो विचार
मटाको चाहानले बैदेशिक रोजगारमा गइन
बा आमाको चाउरिएको अनुहारमा
पिडा दिइन
भाग्दै समय व्यथित गर्दै
सादृश्य अनुभूतिका साथ
सुःख दुःख बाडी जिउने प्रयासमा
कही कतै म बाट भूल भए
जीवनका उकाली ओरालीमा
आरोप म सहन तयार छु ।
तृष्णासँग जुझ्दाजुझ्दै शरीर शिथिल भयो
एक पटक फोहोर पानी र पाउडरका भुलले
जीवनमा खिया लाग्यो
मुर्ख नै मुर्खको दुनियामा वुद्धिजीविको के ग¥यो
आफ्नो वुद्धि जलाएर गरिवीले मार्नु मा¥यो
नक्कली नै नक्कली भएको यस दुनियामा
सक्कली मुहारले घोका खानै भयो
खुवै दुःख भन्यौ त गोठालो
के भयो तिम्रो जीवनमा ?
पागलै पागलको दुनिया
मैले उधारो व्यापार गरे
भुइचाले, लकडाउन सधै
आफ्नो वृद्धि खियाएर काम गरे
आँखा हुनेहुरु अन्धा भन्दा कम रहेनछन्
सज्जन भनेका व्यक्ति पागल नै रहेछन्
सुन्सान सुन्सान रात थियो
आँखामा मीठो दिन बिसाउदै थियो
शान्त तलाउमा कतै बाटो भेट्टाइएन
गाईको गोठमा कसले आगो लगायो पत्तै पाइन
गाईसँगै जल्दै गए म
प्राण त्यागी आए हजुर सामू
जहाँ लैजानु हुन्छ लैजानुहोस मलाई
नर्क स्वर्ग भागको भोगाई
स्वीकार्य छ मलाई !
लक्ष्मी पुडासैनी