• २०८१ फागुन ६ मङ्गलबार

सूचक सम्मान बाट दश साहित्यकार एकसाथ सम्मानित

काव्य घर रसूचक प्रकाशनले आफ्नो १५औं वार्षिकोत्सव भव्यरूपमा सुसम्पन्न गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ प्रेक्षालयमा आयोजित उक्त कार्यक्रममा क्याप्टेन रतन बहादुर लामिछाने पुरस्कार साहित्यकार इल्या भट्टराई र वरिष्ठ सञ्चारकर्मी राजेश खनाललाई नगद र प्रमाणपत्रसहित संयुक्त रुपमा समर्पण गरिएको छ । त्यस्तै सूचक सम्मान कवि गीता कार्की, साहित्यकारत्रय ज्ञानु अधिकारी, लीलादेवी श्रेष्ठ तथा सपना लामिछाने, कविद्वय डा. रेणुका सोलु एवम् वसन्त नकर्मी, समाजसेवी हेमन्तकुमार कार्की, स्वास्थ्यसेवी डा. सिद्धार्थ रञ्जितलाई प्रदान गरिएको छ । त्यसरी नै पत्रकार जयराम बिडारी, कवि रश्मि रिमाल तथा समीक्षक अरुण खत्री नदीलाई कदर-पत्र प्रदान गरिएको छ । कार्यक्रममा शिक्षाविद् एवम् समाजसेवी केदारनाथ श्रेष्ठ, साहित्यकार जलेश्वरी श्रेष्ठलगायतका अतिथिहरूको उपस्थिति थियो ।