• २०८१ श्रावाण ११ शुक्रबार

भेट्नु

एवा लिसा मान्नेर

एवा लिसा मान्नेर

तिमीलाई देखाउने छु
त्यो बाटो
जुन बाटो म हिँडेको थिएँ

यदि फर्कियौ भने
यदि तिमी फर्केर आयौ भने
मलाई खोज्दै कुनै दिन

हेर त !
सबैथोक फेरिंदै छ
अलि–अलि हरेक पल
हुँदै गइरहेको छ –
आडम्बरविहिन र आदिम
(जस्तो कि कुनै बालकले बनाएको चित्र
जीवन पहिलो–पहिलो स्वरूप
आत्माका अक्षर)

कुनै न्यानो ठाउँमा
कोमल र हुस्सुजस्तो लागेको ठाउँमा

त्यसबेला म त्यहाँ हुनेछैन
त्यहाँ हुनेछ एउटा जङ्गल
(म जङ्गल बनिसकेकोे हुनेछु) ।

अनुवाद: राजेन्द्र शलभ


स्पन्दन

प्रेम