• २०८२ आश्विन २८, मंगलवार

साझा प्रकाशनले ’विशेष पुस्तक प्रदर्शनी’ आयोजना

पठन संस्कृति विकास’का लागि साझा प्रकाशनले ’विशेष पुस्तक प्रदर्शनी’ आयोजना गरेको छ । प्रविधिको विकासका कारण पठन संस्कृति प्रभावित भइरहेको अवस्थामा साझा प्रकाशनले प्रदर्शनी आयोजना गरेको हो । पुल्चोकस्थित प्रधान कार्यालयमा हिजो ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले प्रदर्शनीको उद्घाटन गरे ।

उनले १११ वर्षको इतिहास बोकेको साझा प्रकाशनलाई बचाउन छलफल गर्न महानगरपालिका तयार रहेको कुरा स्पष्ट पारे । प्रदर्शनी प्रकाशनको प्रधान कार्यालय पुल्चोकका साथै देशभरिका अन्य विक्री कक्षहरूमा असोज २२ गतेसम्म जारी रहनेछ । प्रदर्शनीमा राखिएका पुस्तकमा २० देखि ८० प्रतिशतसम्मको छुट उपलब्ध गराइने कुरा साझा प्रकाशनले जनाएको छ ।