समाचार

लेखिका विन्दु सुवेदीद्वारा लिखित तथा सेर्गेम प्रकाशन गृह दमकद्वारा प्रकाशित युरोप यात्रा संस्मरण नामक पुस्तकको एक कार्यक्रमका बीच प्रमुख अतिथि डा.अञ्जना वस्ती भट्टराईले सार्वजनिक विमोचन गरिन् ।
कार्यक्रममा नियात्राकार श्रीओम श्रेष्ठ रोदनले पुस्तकको बारेमा संक्षिप्त समीक्षात्मक टिप्पणी गरेका थिए । नियात्राकार विन्दु सुवेदीले आफ्नो कृतिका बारेमा संक्षेपमा बोलेकी थिइन भने सभापतिको मन्तव्यमा जलेश्वरी श्रेष्ठले महिला साहित्यकारहरूको योगदानबारे चर्चा गरेकी थिइन् ।
कार्यक्रमको अन्तमा स्रष्टा सुवेदीका पुत्रद्वयले साङ्गीतिक प्रस्तुति गरेका थिए । साहित्यकार जलेश्वरी श्रेष्ठको सभापतित्वमा सम्पन्न सो कार्यक्रमको सञ्चालन रविन परियारले गरेका थिए ।