• २०८१ माघ ५ शनिवार

वैद्य, कार्की र पोखरेललाई नारी स्रष्टा सम्मान

नारी स्रष्टा समाजले हरेक वर्ष प्रदान गर्दै आएको स्रष्टा सम्मान तीन जना स्रष्टालाई प्रदानगर्ने भएको छ ।

समाजले कविता साहित्यमा महत्वपूर्ण योगदान पुर्याएवापत २०८० सालको ’मोहनलता स्रष्टा सम्मान’ कवि विमल वैद्यलाई यस्तै कविता , कथा र निबन्ध साहित्यमा महत्वपूर्ण योगदान गरेका कारण सात्यिकार श्रीबाबु कार्कीलाई २०८० सालको ’कविराज स्रष्टा सम्मान’ र साहित्य सिर्जनामा सक्रिय भए वापत साहित्यकार आरती पोखरेल अनुलाई २०८० सालको ’हेमलता स्रष्टा सम्मान’ प्रदान गर्ने भएको हो । सम्मानित स्रष्टाहरुलाई क्रमशः पन्ध्र हजार ,र एघारएघार हजार रुपैयाँका साथ सम्मान गरिने समाजले जनाएको छ । सम्मान मङ्सिर १ गते विराटनगरमा नारी स्रष्टा दिवसका अवसरमा प्रदान गरिने समाजले जानकारी गराएको छ ।