English Poem
चितवन साहित्य परिषद् (चिसाप) ले रामलाल जोशीको कथाकृति ‘बाआमा’ र गोपी सापकोटाको उपन्यास ‘चिसो बाफ’लाई पुरस्कृत गर्ने भएको छ ।
चिसापको बैठकले छनोट समितिले सिफारिस गरेअनुसार ‘चिसाप राजकृष्ण मायादेवी साहित्य पुरस्कार’ धनगढी निवासी जोशीको ‘बाआमा’ तथा ‘चिसाप माधव खनाल साहित्य पुरस्कार’ नवलपुरका बेलायत निवासी सापकोटाको ‘चिसो बाफ’लाई समर्पण गर्ने निर्णय गरेको हो ।
दुवै पुरस्कारबाट पुरस्कृत कृतिका स्रष्टाले सम्मानपत्रका साथमा रू. ३५ हजार ४५ रूपियाँ नगद प्राप्त गर्ने छन् । उक्त पुरस्कार यही भाद्र ३० गते शनिबार २ः०० बजे चिसाप सभाहल नारायणगढमा आयोजना हुने ‘मोती जयन्ती विशेष कार्यक्रम’मा हस्तान्तरण गरिनेछ ।
