• २०८१ मंसिर २८ शुक्रबार

अमृतको ‘यादको कोलाज’ कवितासंग्रह लोकार्पण

काठमाडौँ ।

अमृत क्षेत्रीको संस्मरणात्मक कृति ‘यादको कोलाज’ लोकार्पण गरिएको छ । भदौ १५ देखि सुरु भएको काठमाडौँ- कलिङ साहित्यिक महोत्सवका अवसरमा एक कार्यक्रमका कवितासंग्रहको लोकार्पण गरिएको हो ।

उक्त विशेष समारोहमा प्रसिद्ध लेखक प्रा. डा. बिना पौडेल, लेखक एवम् संस्कृतिविद् जगमान गुरुङ, भारतीय अर्थशास्त्री प्रसिद्ध लेखक डा. विवेक देवरोंय, कमलकान्त दासले संयुक्त रूपमा पुस्तक विमोचन गरेका थिए ।

भारतीय सेनामा कार्यरत रहँदाका विविध आरोह अवरोहलाई यादहरूमा सँगालेर कृति तयार पारिएको छ । कृतिमा विगतका घटनाहरूको स्मरण मात्र छैन ती घटनाले हृदयमा जन्माएको भावमाथिको दार्शनिक लेपन कृतिमा समेटिएको छ । यो उनको दोस्रो कृति हो । यसभन्दा अगाडि २०७८ सालमा उनको ‘एकान्त भीड’ कविता सङ्ग्रह प्रकाशित छ ।