व्यंग्यकथा–हिन्दी

प्रभातमा
म एकनासले रोईरहन्छु
दुबोको टुप्पोबाट
शितको थोपा भएर
रुखको पातबाट
पानी झैं बर्सिएर
मध्यान्हमा
म अविरल छंगछंग गर्दै
झरना बनेर झरिदिन्छु
कलकल गर्दै
खोलो भएर बगिदिन्छु
साँझमा
थाकेको क्षितिजमा
डुब्न लागेको घाम झैं
कालो रात्रिले दिनलाई
सर्लक्क निले झैं
सागर भएर मिसिदिन्छु
कता कता आफ्नै
अस्तित्व मेटाएर !!!
बसन्त श्रेष्ठ
भर्जिनिया, अमेरिका