कविता–हिन्दी

काठमाडौँ ।
पूर्वबैंकर उमाकान्त पौड्यालको अनुसन्धनात्मक कृति ‘बुद्धकालीन समाज’ सार्वजनिक भएको छ । पालि त्रिपिटकका आधारमा लेखिएको बुद्धकालीन समाज फाइनप्रिन्ट बुक्सले प्रकाशन गरेको हो ।
बुद्ध परिनिर्वाणलगत्तै सङ्ग्रह र सम्पादन गरिएकाले पालि भाषामा सङ्कलित बुद्धवचन प्रामाणिक एवम् विश्वसनीय मानिन्छन् । यो पुस्तक पनि पालि त्रिपिटकका आधारमा लेखिएको छ । त्यसैले यस पुस्तकले बुद्ध, उनको धार्मिक मन्तव्य र तत्कालीन परिस्थितिबारे प्रामाणिक जानकारी दिन्छ । बुद्धका विषयमा कतिपय अतिरञ्जित शास्त्रीय वर्णनको चिरफार गरी लेखिएको यस पुस्तकले तथ्य र तर्कका आधारमा वास्तविकता उजागर गर्ने प्रयास गरेको छ ।