• २०८१ श्रावाण १० बिहीबार

टुक्का समाजको वार्षिकोत्सव : पुस्तक विमोचनसहित स्रष्टाहरु सम्मानित

काठमाडौं ।

टुक्का साहित्य समाजले आफ्नो चौथो वार्षिकोत्सवको अवसरमा पुस्तक विमोचन तथा सम्मान समारोह सम्पन्न गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यतामा समाजले वार्षिकोत्सवका साथै पुस्तक विमोचन तथा सम्मान समारोह सम्पन्न गरेको हो । सो अवसरमा प्रमुख अतिथि राईले कविहरूले अभिव्यक्त गर्ने नयाँ कला र चिन्तनको रूपमा टुक्का कवितालाई लिन सकिने बताए । उनले भने, ’कवितालाई जति टुक्रयाए पनि कविता नै रहन्छ । छोटोभन्दा छोटोे उपक्रम वा अंशको रूपमा टुक्का कविता देखा परेको छ । यसको सैद्धान्तिकीकरणबारे बहस गर्दै मौलिक नेपाली काव्य उपविधाको रूपमा विकास गर्नुपर्छ ।’

यसैगरी विशिष्ट अतिथि तथा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा काव्य विभाग प्रमुख बाबा बस्नेतले काव्यका उपविधाहरूमा हाइकुले जस्तै टुक्का कविताले पनि व्यापकता पाइसकेको बताए । उनले यसलाई विभिन्न भाषामा अनुवाद गरेर अन्तर्राष्ट्रिय तहसम्म पु¥याउन सक्नुपर्ने बताउँदै कविताका लघुत्तम स्वरूपबारे बहस गरेर निचोडमा पुग्नुपर्ने आवश्यकता रहेको बताए । यस्तै विशिष्ट अतिथि तथा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा अनुवाद विभाग प्रमुख हंसावती कुर्मीले हाइकु जसरी हिमाल, पहाड र मधेशमा फैलिएको छ, त्यसरी नै टुक्का कविता फैलिनुपर्ने बताए यसैगरी विशिष्ट अतिथि तथा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य चेतनाथ धमलाले प्रयोगको रूपमा कविताका अनेकौं उपविधाहरू देखा परिरहेको बताए । उनले भने, ’यस सिलसिलामा टुक्का कविता पनि देखा परेको छ । छोटो अवधिमै नेपाली मौलिक टुक्का कविता कविहरू माझ लोकप्रिय बनेको छ ।यो नै खास उपलब्धि हो । टुक्का सैद्धान्तिक र सिर्जनात्मक मूल्यसहित हाइकुजसरी विश्वव्यापी हुने गरी अघि बढ्न सक्नुपर्छ ।’

समाजको वार्षिकोत्सवको अवसरमा ८४ जना स्रष्टा र द्रष्टाहरू सम्मानित भएका छन् । प्रमुख अतिथि राईले संयुक्त टुक्का संग्रहको दोस्रो संस्करण ’ऐतिहासिक टुक्का यात्रा’, प्रथम व्यंग्यात्मक संयुक्त टुक्का संग्रह ’व्यंग्य कन्तुर’, राजेन्द्र प्रधानकृत भारतीय प्रथम टुक्का संग्रह ’तरंगित छालहरू’, म्यामराज राईकृत जापानी र बान्तवा राई भाषामा रचित ’महक’ टुक्का संग्रह, पुष्पा राईकृत ’पुष्पश्री’ प्रथम नारी टुक्का संग्रह, रामप्रसाद पुरीकृत ’टुक्का सुधा’ र भगवती दवाडी (अधिकारी)कृत ’बन्धन’ र नागेन्द्रप्रसाद यादवकृत अवधी कविता संग्रह ’कथरी’सहित ८ वटा कृतिको विमोचन गरे ।यस्तै प्रमुख अतिथि राईले अरूणबहादुर खत्री ’नदी’, पदमा शर्मा आँचल, निमा छिरिङ भुटिया, शर्मिला श्रेष्ठ, अच्युत घिमिरेलाई ऐतिहासिक प्रवल टुक्का साहित्य सम्मान–२०८० द्वारा पुरस्कृत गरे । यसैगरी प्रमुख अतिथि राईले राजेन्द्र प्रधान पासा, म्यामराज राई, रामप्रसाद पुरी, पुष्पा राई र भगवती दवाडीलाई ’टुक्का साहित्य समृद्धि सम्मान –२०८०’बाट सम्मान गरे ।

यसै सिलसिलामा डा. सावित्री श्रेष्ठ, डा. देवी पन्थी, वसन्त अनुभव, रचना शर्मा प्रतीक्षा, राजेशराज गड्तौला, चूडा निर्भीक, जमुना आचार्य, होमप्रसाद नेउपाने, बेदु नेउपाने, शोभा आचार्य गौतम, रामशरण न्यौपाने, अनिल खग्रास, नानीबाबा अधिकारी, जगत थापा, उषा केसी, श्रीकृष्ण शर्मा, विमुन्स पौडेल, रुपा रिसाल, रुपा पौडेल, नरेशलाल अमात्य र सुमिना तिमल्सिना ’टुक्का साहित्य प्रवर्द्धन सम्मान –२०८०’बाट सम्मानित भए ।

यसैक्रममा अनुग्रह राना मगर ’पुष्प’, अम्बिका अधिकारी, अर्जुनप्रसाद चौलागाई, कमला देवकोटा, केशवप्रसाद ढकाल प्रीतबीज, कृष्णकुमारी क्षेत्री, गुणनिधि घिमिरे, डम्बर थामी ’अनुपम’, दुर्गा आचार्य, दुर्गा भट्टराई, नवशिला, नागेन्द्रप्रसाद यादव, पवनकुमार बुढाथोकी, पुष्पा सुवेदी, प्रद्युम्न चालिसे, प्रमोद भट्टराई प्रतीक, प्रेम थापा ’मन’, बाबुराम गौतम, बाबुराम पाण्डे, बुद्धिमान दनुवार, भेषकुमारी लामिछाने, मन्दिरा सेढाई, मित्र उराठी गौतम, रचना मोक्तान ’यात्री’, रश्मी रिमाल, राजकुमार राजभण्डारी, राजेश्वरी राजोपाध्याय, रुना कर्माचार्य दाहाल, सन्जना शर्मा, सरिता सेढाई, सहयात्री शोभा अर्याल, सुरेशकुमार पाण्डे, साधना पौडेल, हन्नाह क्षेत्री, त्रिलोचन भण्डारी, गंगा खड्का, विक्रमतिरुवा सलिन, विनिता विश्वकर्मा, अरुणकुमार भुजेल, सुशीला पौडेल, रामकृष्ण दुवाडी, गोपालकृष्ण डंगोल, लक्ष्मी श्रेष्ठ, परिक्रमा श्रेष्ठ, धनुष न्यौपाने, ललिता अभागी, पुष्पाशायरा, विनोद रिजाल, चिरञ्जीवी ढकाल, इन्दिरा देवकोटा, घनश्याम पौडेल, पूर्णबहादुर श्रेष्ठ र कल्पना भण्डारीले टुक्काश्री साहित्य सम्मान–२०८० प्राप्त गरे ।

यसैगरी कल्पतरु द्वैमासिक, साहित्यपोस्ट डटकम, प्रभातफेरी साप्ताहिक, हिमालय दृष्टि र संसार न्युज डटकम गरी ५ वटा पत्रिका र अनलाइनलाईसमेत टुक्का समाजले सम्मान प्रदान गरेको थियो । यसै सिलसिलामा विशिष्ट अतिथि तथा समालोचक डा. देवी पन्थीले ’ऐतिहासिक टुक्का यात्रा (३९ जना सर्जकको संयुक्त टुक्का कवितासंग्रह)को समीक्षा गर्दै दुई हरफको लघुत्तम संरचनाभित्र रही अर्थपूर्ण र प्रतीकात्मक अभिव्यक्ति बोध भएको बताए । यसैगरी पुष्पा राईकृत ’पुष्पाश्री’ टुक्का संग्रहको समीक्षा कृष्ण रानाले, म्यामराज राईकृत ’महक’ टुक्का संग्रहको समीक्षा अरुण खत्री नदीले, भगवती दवाडीकृत ’बन्धन’ टुक्का संग्रहको समीक्षा कृष्णशरण अधिकारीले, रामप्रसाद पुरीकृत टुक्का ’सुधा’को समीक्षा तीलमाया पुरीले र राजेन्द्र पासाकृत ’तरंगित छालहरू’को समीक्षा शरद प्रधानले र नागेन्द्रप्रसाद यादवकृत ’अवधी’ कविता संग्रह कथरीको समीक्षा विक्रममणि त्रिपाठीले गरे ।

यस्तै वार्षिकोत्सवका अवसरमा समाजका सचिव जमुना आचार्य कोइरालाले प्रस्तुत गरेको सांगठनिक र कोषाध्यक्ष रचना शर्मा प्रतीक्षाले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पास भएको छ । प्रसाद चापागाईंले टुक्का कविताको पृष्ठभूमि, इतिहास, विकास र संरचनाबारे बताए । टुक्का कविता प्रारम्भ २०७७ साल साउन २५ गतेबाट भएको हो । टुक्का दुई हरफमा बराबरी अक्षरमा रचिन्छ । नेपाली मौलिक लघुत्तम काव्य उपविधा टुक्का कविता लेखनप्रति कविहरूको आकर्षण बढ्नु लयात्मक र गेयात्मक पक्ष महत्वपूर्ण रहेको छ । यस टुक्का कविताको सिर्जना विभिन्न भाषामा अनुवाद भइ अन्तर्राष्ट्रियस्तरमा पुगेको चापागाईंले बताए । प्रस्तुत कार्यक्रममा समाजका उपाध्यक्ष वसन्त अनुभवले स्वागत मनतव्य र महासचिव चूडा निर्भिकले कार्यक्रम सञ्चालन गरेका थिए ।