• २०८१ चैत १२ बुधबार

विश्वका राष्ट्रियगान सार्वजनिक तथा नेपाल वाङ्मय फाउन्डेसनको उद्घाटन

काठमाडौं, होटेल हिमालय, कुपन्डोलमा भएको एक भव्य समारोहवीच “विश्वका राष्ट्रिय गान” पुस्तक सार्वजनिक गरिएको छ। साथै “नेपाल वाङ्मय फाउन्डेसन” को औपचारिक शुभारम्भ गरिएको छ । डेड वर्षअघि दर्ता भएको नेपाल वाङ्मय फाउन्डेसनका अध्यक्ष विप्लव ढकालको स्वागत भाषणबाट सुरु भएको सो कार्यक्रममा प्रमुख अतिथिलगायत विभिन्न व्यक्तिहरूद्वारा सामूहिक रूपमा “विश्वका राष्ट्रिय गान” पुस्तकको विमोचन गरिएको थियो ।

किनोट स्पिकर मधुरमण आचार्य तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति वैरागी काइँलाको सम्वोधन पछि प्रमुख अतिथि परराष्ट्र मन्त्री एन पी साउदले आफ्नो धारणा राख्नु भएको थियो । सो कार्यक्रममा प्रमुख अनुवादक प्रदीप निरौला, नेपालको राष्ट्रिय गानका लेखक व्याकुल माइला, प्रकाशन सौजन्यकर्ता तेन्जी शेर्पा, किनोट स्पिकर मधुरमण आचार्य तथा नेपाल वाङमय फाउण्डेसनका परिकल्पनाकार उमेश श्रेष्ठलाई मायाको चिनो प्रदान गरिएको थियो ।