बेइमान जिन्दगी हो ,दिन्छ धोका पक्का !
रोकिने छ, रोकिने छ जीवनरथको चक्का !
बेइमानी दुनियाँमा अनन्त छ, भोग्यौं !
बेइमान हाम्रो सास, जान्छ घुम्न मक्का !
बेइमान शरीर हो,के के हुन्छ के के !
व्याधि निकेतन कमजोर हान्दैन रे छक्का !
बाचुन्जेल बाच्नुपर्छ,सर्त जिन्दगीको !
जोगाएर स्वाभिमान कमाएर टक्क !
यता पनि बेइमान,उता बेइमान !!
बेइमान समय हो दिन्छ खालि धक्का !!
धनराज गिरी