महाकवि देवकोटा राष्ट्रिय पुरस्कार २०७९ मन्त्रिस्तरीय निर्णयानुसार आव २०७९।८० को लागि पाँच स्रष्टाहरुलाई प्रदान गरिने भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विज्ञप्तिअनुसार कविता काव्यतर्फ झापाकी भवानी क्षेत्री, निवन्ध–समालोचनातर्फ काठमाडौंँका पुरुषोत्तम सुवेदी, गद्य आख्यान।नाटकतर्फ काठमाडौंकै कुमार भट्टराई (शार्दूल भट्टराई) बालसाहित्य÷लोकसाहित्यतर्फ चितवनका किसान विक (किसानप्रेमी) र भाषा साहित्यमा जनकपुरका अरविन्दकुमार लाल (रोशन जनकपुरी) पुरस्कृत हुने भएका छन् ।