• २०८१ मंसिर १७ सोमबार

कोसी प्रदेशद्वारा विभिन्न पुरस्कार तथा सम्ममानको घोषणा

विराटनगर ।

कोसी प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले सुनसरीका बमबहादुर राईलाई एक लाख रुपैयाँ राशिको सर्वोकृष्ट भाषासाहित्य सम्मान प्रदान गर्ने निर्णय गरेको छ । यस्तै विराटनगरका प्राध्यापक डाक्टर सोमप्रसाद खतिवडालाई एक लाख रुपैयाँ राशिकै सर्वोकृष्ट कला र संस्कृति सम्मान गर्ने निर्णय गरेको हो ।

यस्तै ५० हजार राशिको उत्कृष्ट भाषा, साहित्य, कला र संस्कृतितर्फ वैजयन्ती मिश्र (भाषा–साहित्य), राधिका गुरागाईँ (भाषा–साहित्य), शङ्कर चापागाइँ (साहित्य), बसुन्धरादेवी झा (मैथली संस्कृति), मीनकुमार श्रेष्ठ ‘नवोदित’ (साहित्य), साजन सन्ध्या राई (सङगीत-गायन), सङ्गीताकुमारी यादव (नृत्य-अभियन), गणेशकुमार राई (भाषा–साहित्य), लक्ष्मीकुमार सेर्मा (भाषा-अनुसन्धान), डिल्लीकृष्ण आले (ललितकला), वियोग सापकोटा (साहित्य), नरपति पाण्डे -भाषा-साहित्य) ले सम्मान पाउने भएका छन् ।

त्यसैगरी २५ हजार राशिको नवोदित भाषा, साहित्य, कला र संस्कृतितर्फ मिलन नेपाली (रङ्गकर्मी-नाटक), युमन खालिङ राई (किराती साहित्य), मनीषा आचार्य (साहित्य), विमला राई (भाषा-साहित्य) र पुरुषोत्तम नेपाली (गीतरचना) लाई सम्मान गर्ने निर्णय गरिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार महेन्द्र विष्टले जानकारी दिए ।