• २०८१ श्रावाण ३ बिहीबार

धर्मराज–सावित्री थापा पुरस्कारको घोषणा

काठमाडौं ।

जनकवि केशरी धर्मराज थापाको शतवार्षिकीको पूर्वसन्ध्यामा तीन स्रष्टालाई सम्मान तथा पुरस्कार प्रदान गर्ने निर्णय गरिएको छ । जनकविकेशरी धर्मराज–सावित्री थापा प्रतिष्ठानले ‘धर्मराज–सावित्री थापा लोकगीत–संस्कृति साहित्य पुरस्कार’ संस्कृतिविद् तेजेश्वरबाबु ग्वङ्गलाई र ‘धर्मराज–सावित्री थापा लोकङ्गीत पुरस्कार’ बमबहादुर कार्की र शिवा आलेलाई प्रदान गर्ने निर्णय गरेको प्रतिष्ठानका अध्यक्ष साहित्यकार मदनराज थापाले जानकारी दिए ।

नगद राशि ५० हजार रुपैयाँसहित लोकसंस्कृति साहित्य पुरस्कार प्रदान गरिनेछ । लोकगीत–सङगीत पुरस्कारका साथ जनही २५ हजार रुपैयाँ प्रदान गरिनेछ ।