• २०८१ भाद्र २४ सोमबार

अमेरिकी लेखक सलमान रुश्दीलाई जर्मन बूक ट्रेडको शान्ति पुरस्कार

मिडनाइट्स चिल्ड्रेन“ र “द सैटानिक भर्सेस“ का प्रसिद्ध ब्रिटिश–अमेरिकी लेखक सलमान रुश्दी जर्मन बूक ट्रेडको शान्ति पुरस्कारबाट सम्मानित हुनुहुने छ । जर्मन बुक ट्रेडको शान्ति पुरस्कार सन् २०२३ को लागि ब्रिटिश–अमेरिकी लेखक सलमान रुश्दीलाई प्रदान गर्न लागिएको हो ।

पुरस्कारका बोर्ड अफ ट्रस्टीका अनुसार “सन् १९८१ मा उनको उत्कृष्ट कृति ’मिडनाइट्स चिल्ड्रेन’ प्रकाशित भएको क्षणदेखि प्रवास र विश्वव्यापी राजनीतिको व्याख्याले हामीलाई छक्क पार्नु भएको छ । आफ्ना उपन्यासहरू र गैर–आख्यानहरूमा, उहाँले कथात्मक दूरदर्शितालाई निरन्तर साहित्यिक नवीनता, हास्य र बुद्धिका साथ प्रस्तुत गर्नुहुन्छ । उहाँको लेखनले , व्यक्तिगत मानव जातिले प्रदर्शन गरेको प्रतिरोधको अविनाशी भावनालाई सम्मान गर्दै सम्पूर्ण समाजलाई ध्वस्त पार्ने दमनकारी शासनहरूले प्रयोग गरेको शक्तिको इतिहास प्रस्तुत गर्दछ“ ।

७६ वर्यीय सलमान रुश्दीलाई पोहोर साल आक्रमण गरिएको थियो जसका कारण उहाँको एउटा आँखाको दृष्टि गुमेको छ । जर्मन बूक ट्रेडको शान्ति पुरस्कार, २५ हजार यूरो अर्थात् नेपाली ३६ लाख रुपैयाँको रहेको छ जसलाई आउँदो अक्टोबर महिनामा आयोजना गरिने फ्रान्कफर्ट पुस्तक प्रदर्शनीको समारोहमा हस्तान्तरण गरिनेछ ।

गत वर्ष यो पुरस्कार युक्रेनी लेखक सेर्ही झादानलाई दिइएको थियो । त्यसअघि मार्गरेट एटवुड, ओरहान पामुक, सुसान सोन्टाग, आआमोस ओज, भाक्लाभ ह्याभेलले पनि उक्त पुरस्कार प्राप्त गरिसकेका छन् ।