• २०८१ बैशाख १४ शुक्रबार

गजल

डम्बर बिकेल

डम्बर बिकेल

मायाको बजारैमा बिक्नै गाह्रो छ
बिकिहाले नि यहाँ टिक्नै गाह्रो छ

खोजी खोजी माया रोजी रोजी माया
प्रीतिको तलाउबाट झिक्नै गाह्रो छ

जोखी जोखी प्यार तौली तौली प्यार
प्रेमको अर्थ के हो सिक्नै गाह्रो छ ।


डम्बर बिकेल