अन्ततः उसलाई पर धकेल्दै, मैले भनेँ, मेरो घर आऊ ! हात माग ! बिस्तरा म स्वयम् बनिदिनेछु !
लावालस्करसहित उनीहरू आए । उसको बुवाले, मेरो बुवासँग मेरो हात माग्नुभयो । प्रस्ताव खुसी–खुसी पास भयो ।
भतेर चल्दै थियो ।
उसको बुवाले मलाई समीप बोलाउनुभयो । सामुन्ने खडा भएँ । सोध्नुभयो, ‘नानी ! तिमी प्रसन्न त छौ नि ?’
मैले हाँस्दै भनेँ, ‘अति नै ! बरु छोरालाई नि सोधिस्योन बुवा !’
बुवाले सोध्नुअघि नै, ऊ निहुरियो । उहाँले मतिर जिज्ञासु नजरले पुलुक्क हेर्नुभयो । मैले निसङ्कोच भनेँ, ‘उसलाई मेरो विगतका हरेक कुराहरू थाहा छन् । स्कुलजीवन सकिएको केही समयमा नै, एक अधबैँसेसँग भागेर अलपत्र परेपछि, मेरो बुवाले उद्धार गरेर, म घर फर्केकी हुँ । मजस्तोलाई स्वीकारेर घर भित्र्याउने, हजुरहरूजस्ताको परिवारमा भित्रिन पाउँदा, किन खुसी नहुनु र ?
मेरो कुरा नसकिँदै, ऊ ब्यान्डबाजाको सामुन्ने पुगिसकेको रहेछ ।
उत्कर्षमा रन्किएको बाजाहरू एक्कासि मौन हुनथाले ।
म फेरि अर्को बिस्तरा हुनबाट जोगिएँ ।
कात्यायन, चाबहिल, काठमाडौंँ