समाचार

मिल्दैन मन सबैसित, मिले पनि बात !
बाध्यता हो सबैसित मिलाइन्छ हात !
विचार मिल्ने रुख कति डाली,फूल कति ?
जराहरू अलग अलग बेग्लै हुने पात !!
तिम्रो कुनै गल्ती होइन दम्भ स्वाभाविक हो !!
अलिकता हाटक पायौ लागिहाल्यो मात !!
साथीलाई साथी सम्झी यसो भेट्ने गरे !
सरल हुन्छन् दिनहरू उदास हुन्न रात !!
त्यो युगदेखि यो युगसम्म हेर, पढ, बुझ !
सहेको छ मानिसले घात महाघात !!
खोज्ने होइन असल मान्छे, आफैं हुने असल !
त्यति खराब पनि हुन्न मानिसको जात !!
दिन मात्र खोज साथी, नदी,धरा बनी !!
गुमाएर पनि सबै लाग्छ खुसी खात !!
धनराज गिरी