• २०८० जेठ १४ आइतबार

कैलाश कुमार पाण्डेका नौ हाइकु

कैलाश कुमार पाण्डे

कैलाश कुमार पाण्डे

भुइको टिप्दा
पोल्टाको पनि झर्छ
बिचार गर ।

घरको धुरी
जहाँ धन फुटछ
पाप ओकल्छ।

बेसार भनि
जति कोट्याए पनि
पहेलो हुन्छ

बेला बखत
यस्तो त भैरहन्छ
हावा हुरीमा ।

जोरले सधै
कमजोर माथि नै
शासन गर्छ।

जीउ अकाल
बीउ अनिकालमा
जोगाउनु रे ।

कहिले काहिँ
सुरुवाल काटेर
कछडा बन्छ।

अति भो भन्दा
यस्तो त भैरहन्छ
लोकतन्त्र हो ।

यस्तै रहेछ
बलियाको देशमा
निर्धाले गर्ने।


कैलासकुमार पाण्डेय, परशुराम १२, डडेल्धुरा