• २०८० मंसिर १४ बिहीबार

यस वर्षको वानीरा प्रज्ञा पुरस्कार वैरागी काइँलालाई

काठमाडौं ।

काठमाडौंमा आयोजना गरिएको बानीरा फ़ाउंडेसनको एक कार्यक्रममा वानीरा प्रज्ञा पुरस्कार वैरागी काइँलालाई प्रदान गरिएको छ । उक्त कार्यक्रमकाबीच नेपाली कविताको सम्बर्द्धनमा विशिष्ट योगदानका निम्ति साहित्यकार काइँलालाई वानीरा प्रज्ञा पुरस्कार प्रदान गरिएको हो । नेपाली साहित्यकार डा. वानीरा गिरीको सम्मानमा स्थापित ‘वानीरा प्रज्ञा पुरस्कार’ को राशि एक लाख रुपियाँको छ ।

त्यस्तै, लामो समय काव्यसाधनामा निरन्तर समर्पित रहँदै उत्तर आधुनिक तथा उत्तर आधुनिक प्रयोगवादी धारको कविता लेखनको प्रवर्तनका निम्ति साहित्यकार गोपाल पराजुलीलाई पचास हजार रुपियाँ राशिसहित ‘वानीरा पुरस्कार’ प्रदान गरिएको छ । डा. वानीरा गिरीको ८० औँ जयन्तीका अवसरमा पुरस्कार वितरण गरिएको हो । कार्यक्रममा वानीरा फाउन्डेसनले प्रकाशन गरेको वानीरा अभिलेख विमोचन गरिएको थियो ।