• २०८१ माघ २७ आइतबार

मेरा छोरी !

केवरा भट्टराई

केवरा भट्टराई

बाध्यता र विवशताको जिन्दगीमा
घर र अफिस धाउँदैमा सकिने रहेछ जीवन
जताततै लथालिङ्ग समयको घाउमा
दुखिरहन्छ यो मन
यस्तो दुःखमा
साथसाथ रहेर
दुःख भुलाउने
रमाऊन सिकाउने
मेरा सजीवचित्र, मेरा प्रिय
मेरा साथी, मेरा छोरी !

छेउमा बसेर मलम बनि दिन्छन्
अभावका बीचमा सहज बनि दिन्छन्
भित्र दुखेपनि
बहिर हास्नू पर्ने बाध्यतामा
भर दिने, माया दिने यी मेरा संसार
जुन सुकै अवस्थामा मुख्य विन्दुमा रहेर
मलाई हिम्मत दिने मेरा छोरी !

थकानको जुनसुकै सुस्केरामा
मैले फेर्ने सासमा
मेरा हरेक दुःख सुखको साक्षी
मेरा सपना बिपना र प्रार्थना
मेरो जिम्मेवारी मेरा छोरी !


केवरा भट्टराई
[email protected]