काठमाडौं, कालिका स्थानस्थित सर्वनाम थिएटरमा, कवितामा तीनपुस्ता काव्यवाचन कार्यक्रमको चौथो शृंखला सम्पन्न भएको छ । एकैमञ्चमा तीन पुस्ताका तीन प्रतिनिधि कविहरुले कविता सुनाएर कार्यक्रम कवितामय बनाउंदै कार्यक्रमलाई निरन्तरता दिएका थिए ।
‘कवितामा तीनपुस्ता’मा ३० को दशकमा उदाएका अभिभावक पुस्ताका कवि राजेन्द्र शलभका, अग्रज पुस्ताकी कवि गीता त्रिपाठी र अनुज पुस्ताका पोखराका युवा कवि अमृत एकैमञ्चमा उभिएका थिए । तिनै कविले आफ्नो पुस्तालाई प्रतिनिधित्व गर्दै एकअर्काका कविता सुनेर सुनाएका थिए ।
जरुवा क्रियसन फर क्रिएटिभिटीले तीन पुस्ताका कविहरुलाई एउटैमञ्चमा उभ्याउने काम गरिरहेको छ । तीन पुस्ताका तीनकविलाई एउटै मञ्चमा उभ्याउने उदेश्य सहित सुरु गरिएको यो कार्यक्रममा अभिभावक पुस्ता, अग्रज पुस्ता र अनुज पुस्ताले एउटैमञ्च साझा गर्ने गर्छन । यसैको निरन्तरतामा कार्यक्रमको संरचना अनुसार तीन प्रतिनिधि कविहरुले आआफ्ना ५ \५ कवितावाचन गरेका थिए । तीन पुस्तालाई एउटै मन्चमा ल्याएर एक अर्काको अनुभव, शैली र शिल्पसँग साक्षात्कार गराउने कार्यक्रमको प्रमुख उदेश्य रहेको उक्त कार्यक्रम हरेक दुई महिनामा हुँदै आएको छ । कार्यक्रमको तीनवटा शृङ्खलाहरु सफलताका साथ सम्पन्न भइसकेका छन् ।