कविता

२०७९ फागुन ३० गते सुप्रसिद्ध साहित्यकार पारिजातको ८९ औं जन्मजयन्तीको अवसरमा पारिजात स्मृति केन्द्रले स्मृतिभवन म्हेपी, नयाँबजारमा एक कार्यक्रमको आयोजना गर्यो । कार्यक्रममा २०७९ का लागि प्रदान गरिने पारिजात सम्मानहरू घोषणा गर्नुका साथै पारिजातका जीवनका केही महत्वपूर्ण पक्षहरू माथि परिसम्वाद कार्यक्रम संचालन गरिएको थियो । उक्त परिसम्वाद कार्यक्रमको संयोजन स्मृति केन्द्रका सदस्य डा. महेश मास्केले गर्नुभएको थियो भने कार्यक्रममा पारिजातकी बहिनी सुकन्या वाइबाले पारिजातका जीवनका विविध आयामका बारेमा धारणा राख्नुभएको थियो ।
कार्यक्रममा वर्ष (२०७९ का लागि विभिन्न क्षेत्रबाट नेपाली समाजको रूपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका व्यक्तित्वहरूलाई सम्मानित गर्ने घोषणा गरिएको थियो जस अनुसार पारिजात सङ्घर्षशील नारी सम्मान (२०७९ बाट सङ्घर्षशील नारी व्यक्तित्व गोमा देवकोटा, पारिजात सिर्जन सम्मान (२०७९ बाट साहित्यकार शार्दूल भट्टराई, पारिजात बालसाहित्य सम्मान (२०७९ बाट बालसाहित्यकार गङ्गा कसजू र पारिजात कला सम्मान (२०७९ बाट सङ्गीतकार गुज्जे मालाकारलाई साहित्यकार पारिजातको ३० औं स्मृतिदिवस २०८० साल वैशाख ५ गते एक कार्यक्रमका बीच सम्मान गरिनेछ ।
पारिजात स्मृति केन्द्रका महासचिव दिलसुन्दर श्रेष्ठले संचालन गर्नुभएको उक्त समारोहमा उपस्थित महानुभावहरूलाई केन्द्रका अध्यक्ष डा. राजेन्द्रप्रसाद अधिकारीले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।