• २०८२ मंसिर ७, आईतवार

नवीन सिर्जना

बसन्त चौधरी

बसन्त चौधरी

स्वप्निल सुन्दर संसारमा
पुर्याउँछ निद्राले
ब्यूँझनासाथ
हराउँछ निद्रा
जागरूक हुन्छ तनमन
सम्हालेर ऊर्जा फेरि
सक्रिय बन्छ नवीन सिर्जनामा

पुनः
छोडेर जान्छ
सफलता र असफलताको
जोड–घटाउमा
अलिकति सन्तुष्टि
अलिकति आशावादी भावना
पुनश्चः
नवीन सिर्जनाका लागि
फर्केर आउने गरी

साभार: तिमीविनाको म (कवितासङ्ग्रह)


[email protected]
(चौधरी विशिष्ट साहित्यकार हुन् ।)