• २०८१ फागुन ६ मङ्गलबार

कोपिलाको पुकार

कात्यायन

कात्यायन

म सावाँ अक्षर खार्दै गरेकी
तिमी विश्ववारिधी गरेकी
तिमी भवँराहरूको भुक्तभोगी
मलाई कमिलाले नि डस्ने गर्छन्
आमा !
मलाई अतिरिक्त ज्ञान देउ !
साँवा अक्षर म आफैँ छिमल्ने छु
तिमी फक्रेकी पुष्प !
म कोपिला !


कात्यायन चाबहिल, काठमाडौं