• २०८२ पुष १३, आईतवार

रन्जना निरौलाका पाँच हाइकु

रन्जना निरौला

रन्जना निरौला

भोगाईहरू
निश्चल बनी बस्छन्
विपनासँग

उभिरहन्छ
सम्झनाको शालिक
मुटुको माझ

किन आएन
मध्याह्नसम्म पनि
मायालु घाम

सपना जस्तै
मिठो बनिरहेछ
प्रिय समय

समुच्चय हो
धेरै रंगहरूको
जीवन चित्र


रन्जना निरौला