• २०८१ पौष २९ सोमबार

हामी प्रेमकै भएनौँभने

जीवन तिवारी

जीवन तिवारी

भन्छन्
प्रेम त्यति सुन्दर छैन
प्रेम खराब पनि हैन
जसरी लेखिएको छ प्रेमको परिभाषा
प्रेमिका कलमहरुबाट,
के प्रेम त्यतिकै सुन्दर छ त ?

कि वियोगमा चुरोटका खिल्ली
र मदिराको प्याला चुमेका ओठहरुले
भने जस्तै छ प्रेम ?

मैले सुनेको छु प्रेम त प्रेम कै हुन्न अरे,
फेरि यिनै आखाले
कयौं प्रेमले प्रेम पाएको पनि त देखेको छु ।
म के लाई सत्य मानु
सुनेको कुरालाई कि देखेको दृश्यलाई ?

म यहिप्रश्नै प्रश्नको भुमरीमा रुमलिएको छु
म यहिप्रश्नको उत्तरको खोजिमा छु,
तिमी यस्तो जटिल परिस्थितिमा
मेरो अघि
प्रेमको प्रस्तावलिएर नआउ ।

म मेरो मनको अभाव
र तिम्राआँखाको भाव पढेर
प्रश्नै प्रश्नको भुमरीभन्दा अघि बढेर
तिम्रो प्रेमको प्रस्ताव त स्विकार गरुला
तिमीले मेरो प्रेम स्विकार गरौली,
तर हाम्रो प्रेमले हामीलाई नै स्विकार्न मानेन भने ?

मेरा आँखाले देखे जस्तै
हाम्रो प्रेमले प्रेम पाए त ठिकै हो,
तर मैले सुने जस्तै
हाम्रो प्रेम प्रेमकै भएनभने ?
म तिम्रो भइनभने ?
तिमी मेरो भइनौ भने ?
हामी प्रेमकै भएनौँभने ?
दोष कसलाई दिने ?
तिमिलाई ?
मलाई ?
या हाम्रो प्रेमलाई ?

त्यसैले हामीअहिल्यै प्रेम नगरौँ,
पर्ख केही समय तिमी,
मैलेअझै बुझ्नुछ प्रेमलाई
नियाल्नु छ प्रेमका कमि कमजोरीहरु
अरु खोज्नु छ प्रेमका खुबिहरु,
म जब प्रेमको वास्तविक परिभाषा बुझ्नेछु
म जब मेरा प्रश्नहरुको जवाफ भेट्नेछु,
तब म स्वयं रातो गुलाफको फूल
लिएर तिमिलाई
प्रेम प्रस्ताव राख्न आउनेछु ।


✍️जीवन तिवारी, रुपन्देही, नेपाल