• २०८० मंसिर १९ मङ्गलबार

प्रेमगर्न सजिलो हुँदैन

जीवन

जीवन

प्रेमको बदलामा
बलिदान दिनपर्छ
प्रत्येक पटक ।

जसरी मेरा बा ले
हरेक रातको निन्द्रालाई
अपुरो नै छाडेर हिँड्छन्
मलाई प्रेम गर्न

जसरी मेरी आमाले
पोछा लगाउँदा–लगाउँदा
झन्झनाइरहेका हातहरुले
घर सजाउँछिन्

यसरी नै
प्रेममा परेपछि
अनेकौं बलिदानहरु दिन पर्छ

अतः प्रेमगर्नु सबैको
बसको कुरा होइन ।

त्यसैले,
कसैले प्रेम नगर्नु ।

प्रेमगर्न सजिलो हुन्न
बलिदान दिनपर्छ
प्रत्येक पटक ।


जीवन